दयाहाङ हराएपछि ‘कार्साङ’को प्रचारमा एक्लै दौडिए जितु

३० मंसिर २०८१ ७:००

आगामी पुस २६ गतेबाट प्रदर्शन हुने चलचित्र ‘कार्साङ’ले पूर्वी नेपालबाट प्रचार सुरु गरेको छ । चलचित्रका मुख्य कलाकार जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्केले पूर्वी नेपाल पुगेर चलचित्रको प्रचार गरेका हुन् ।

चलचित्र प्रचारका क्रममा पूर्वी नेपाल पुगेर निर्माणपक्षले दर्शकलाई यो चलचित्र हेर्न अपिल गरिरहेका छन् । आम ग्रामीण परिवेशको नेपालीको कथा चलचित्र ‘कार्साङ’ले भन्ने भन्दै कलाकारहरूले आफ्नौ ठाउँ समुदायको कथा यो चलचित्रमा देख्न सकिने बताए ।

यम शेर्पाको डेब्यु लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्र शेर्पा समुदायको संस्कृतिमा आधारित रहेर बनेको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रका छायांकार र निर्माता पुरुषोत्तम प्रधान स्वयंम हुन् । सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।

चलचित्रको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *