‘फिरफिरे फिरिरी’ माघ ४ गतेबाट प्रदर्शन हुने

३० मंसिर २०८१ ६:४६

नविन भट्टले निर्देशन गरेको हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। यो चलचित्रको पोस्टरसंगै नयाँ मिति सार्वजनिक गरिएको छ। अब यो चलचित्र माघ ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको हो ।

मनोजकुमार अधिकारीले निर्माण गरेको यो चलचित्रमा नितिश पुन सह निर्माता रहेका छन्। अधिकारीले यस अघि ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माणसँगै अभिनय पनि गरेका थिए ।

चलचित्रमा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। निर्देशक भट्टको यो डेब्यु चलचित्र हो।

यो चलचित्र जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ।

बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *