‘सोल्टिनी’मा विल्सन विक्रम अनुबन्धित

३० मंसिर २०८१ ५:५२

चलचित्र ‘सोल्टिनी’मा कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’को इन्ट्री भएको छ । राईको प्रवेशसँगै यो चलचित्रको कलाकार टिम अझै बलियो बनेको हो ।

यो चलचित्रको प्रमुख भूमिकामा प्रकाश सपूत र परीक्षा लिम्बु यसअघि अनुबन्धित भइसकेका छन् । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को भूमिका निभाउनेछन् । त्यस्तै, यो चलचित्रमा राईको भूमिकाको बारेमा भने खुलाइएको छैन ।

भोजपुरको कुनै गाउँमा आधारित रहने यो चलचित्रमा समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा तथा दुई प्रमुख पात्रको अपुरो प्रेमको कथा भन्नेछ । २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको यो चलचित्रको छायांकन पुस १५ बाट सुरु हुनेछ ।

अर्जुन सुवेदीको निर्देशन रहने यो चलचित्रमा प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सब्बु गुरुङ लगायतका अनुभवी कलाकारहरूको पनि अभिनय रहनेछ। प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले चलचित्रका लागि सङ्गीत दिनेछन् भने डिओपीको जिम्मेवारी सुशन प्रजापतिले लिएका छन् ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने सह निर्माताहरू वसन्त कटुवाल र सुजन अधिकारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *