विपिन र उपासनाले सुरुगरे ‘कर्मा’को छायांकन

३० मंसिर २०८१ ५:२६

चलचित्र ‘कर्मा’को शुभ-मुहूर्तसँगै छायांकन पारम्भ गरिएको छ । यो चलचित्रको छायांकन शुक्रबार दाङको घोराहीबाट सुरु गरिएको हो । ४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने यो चलचित्रको मुख्य भूमिका निभाइरहेका कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको सहभागीतामा शुभ-मुहूर्तसँगै छायांकन पारम्भ गरिएको हो ।

निर्देशक सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा उपासना र विपिन जोडीको रूपमा देखिदैछन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने भएका छन् । विपिन र उपासनाले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् । यसअघि ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेका चौधरीको ‘कर्मा’ तेस्रो निर्देशकीय चलचित्र हो ।

एक्सन ड्रामा जनरामा निर्माण हुने चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने यो चलचित्रमा बसन्त लम्सालको लगानी रहनेछ । छायाकंन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको यो चलचित्र नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *