वसन्त निरौलाको ‘दशमी’ घोषणा, फूलपातीमा रिलिज हुने

३० मंसिर २०८१ ४:५६

निर्देशक वसन्त निरौलाले नयाँ चलचित्र ‘दशमी’ निर्माणको घोषणा गरेका छन् । भक्तपुरको शूर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै यो चलचित्रको घोषणा गरिएको हो ।

रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुतिमा राजकुमार पण्डितले लगानी गर्ने यो चलचित्रमा दिलीप रानाभाटको लेखन रहनेछ । चलचित्रको निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य हुन् ।

चलचित्र निर्माणको घोषणासँगै आगामी दसैँको फूलपातीका दिन यो चलचित्रलाई प्रदर्शन गर्ने निर्माणपक्षले जनाएको छ । तर, यो चलचित्रको लागि कलाकारहरुको बारेमा केही पनि बताइएको छैन् ।

विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रको प्रोडक्शन म्यानेजर दिलीप पन्त हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *