२०८२ मा नयाँ चलचित्र साइन नगर्ने प्रकाशको घोषणा

२८ मंसिर २०८१ ८:३९

गायक तथा नायक प्रकाश सपुतले आउदो वर्ष २०८२मा कुनै पनि नयाँ चलचित्र साइन नगने घोषणा गरेका छन् । शुक्रबार उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यस्तो घोषणा गरेका हुन् ।

प्रकाशका अनुसार २०८२मा आफूले साइन गरेको अन्तिम चलचित्र नै ‘माइतीघर’ हुनेछ । उनी यतिबेला नयाँ चलचित्र ‘सोल्टिनी’को छायांकनको तयारी गरिरहेका छन् । यो चलचित्रको छायांकनपछि उनी ‘हरिबहादुरको जुत्ता’को छायांकन व्यस्त हुनेछन् ।

त्यस्तै, आगामी चैत्र २३ गतेबाट उनले नै निर्देशन गरेको नयाँ चलचित्र ‘बसन्त’ प्रदर्शनमा केही समय व्यस्त हुने उनले बताए । त्यसपछि उनले साइन गरेको अन्तिम चलचित्र ‘माइतीघर’को छायांकन गरिहाल्नुपर्ने हुन्छ । किनकी यो चलचित्रलाई आउँदो बर्षको दशैंको फूलपातिबाट प्रदर्शन गर्ने तयारीमा निर्माता रोहित अधिकारी छन् ।

गीतसंगीत हुँदै चलचित्रमा प्रवेश गरेका गायक सपुतको अहिले नेपाली चलचित्र क्षेत्रमा व्यस्तता र माग दुबै बढेको छ । उनको पछिल्लो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ हो, जसले नेपाली चलचित्र क्षेत्रको रेकर्ड नै ब्रेक गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *