होटल याक एण्ड यतिमा शनिबार आयोजना हुने ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ फेसन शोमा प्रदीप खड्का, आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्के, सोफिया भुजेल, निमेश कपालीलगायत करिब आधा दर्जन सेलिब्रेटी एउटै र्याम्पमा देखिने भएका छन् ।
हेल्दी च्वाइस ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ नाम दिइएको यो शोका लागि सबै मोडल अडिसन मार्फत छानिएका हुन् । शोमा पुरुष र महिला गरेर ३० मोडलले विभिन्न पहिरनका आकर्षक डिजाइन प्रस्तुत गर्नेछन् ।
फेसन शोमा विभिन्न ९ सिक्वेलमा स्वयंम गुरुङ, सेन्स क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नुस् क्रियसन, वेरा बाई जारा, राजन शाह लगायतका डिजाइनर्सका आकर्षक र नबिनतम पहिरन र्याम्पमा देखिनेछ ।
प्रारम्भ प्रोडक्सनको आयोजनामा हुन लागेको फेसन शो नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । हेल्दी च्वाइस मुख्य प्रायोजक रहेको फेसन शो ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो ।