‘माइतीघर’मा ‘स्प्लिट्सभिल्ला’की दिकिलाको प्रवेश

२७ मंसिर २०८१ ८:३७

रोहित अधिकारीले निर्माण गर्न लागेको चलचित्र ‘माइतीघर’मा रियालिटी शो ‘स्प्लिट्सभिल्ला’की दिकिला शेर्पाको प्रवेश भएको छ । निर्माणपक्षले उनलाई प्रमुखमध्यको एक भूमिकामा केहीदिन अगाडि अनुबन्धित गराएको हो ।

दिकिला एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी हुन् । उनको ‘माइतीघर’बाट नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी हुन् ।

निर्माता अधिकारीले दिकिला सँग लिखित सम्झौता गरिसकेका छन् । यसअगाडि यो चलचित्रमा केदार घिमिरे ‘माग्ने बुढा’, उपानासिंह ठकुरी, बुद्धि तामाङ, प्रकाश सपुत अनुबन्धित भइसकेका छन् ।

सामाजिक कथावस्तुमामा निर्माण हुने यो चलचित्रले पारिवारिक सम्बन्ध र संवेदनाको कथालाई उठान गर्नेछ । चलचित्रको छायांकन आगामी चैत महिनाबाट गरिनेछ ।

चलचित्रमा रामशरण पाठकको लेखन, रविन शेरचन र धिरज तामाङको सयुक्त निर्माण रहनेछ । यो चलचित्रको कार्यकारी निर्मातामा चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ छन् । चलचित्रलाई २०८२ सालको दशैंमा प्रदर्शन गर्ने घोषणा निर्माणपक्षले यसअगाडि नै गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *