निशा सिग्देल, काठमाडौं ।
यो बर्ष अर्थात २०८१ सालमा प्रदर्शनमा आएका चलचित्रहरु सफल मात्र भएनन् । नेपाली चलचित्र क्षेत्रको अहिलेसम्मकै रेकर्ड ब्रेक पनि भयो । दसैं र तिहारमा जती चलचित्र हलमा प्रदर्शन भए ति सबै बक्स अफिसमा सफल भयो ।
त्यसैको प्रभावका कारण अहिले, नेपाली मेकरहरु चलचित्र निर्माण गर्न कम्मर कसेर लागि परेका छन् भने चलचित्र निर्माणको घोषणा पनि दिनकै जस्तो गरिरहेका छन् । त्यस्तै, अहिले छायांकन भइरहेको र छायांकनमा जाने तयारी गरिएअहेको चलचित्रको लाइन पनि उस्तै छ ।
छायांकनमा रहेका दर्जनबढी चलचित्रहरुमा ‘बलिदान’, ‘होस्टेल ३’,‘लाज शरणम्’, ‘नरसिंहाः अवतार’, ‘डोरी’, ‘रिमै’, ‘जेरी अन टप’, ‘विमान’, ‘बसन्त’, ‘पिताम्बर’, ‘दुखी आत्मा’, ‘फेरि रेशम फिलिली’, ‘जुनकिरी’ब र ‘श्री बुकुरो’ हुन् ।
यो बर्ष अर्थात २०८१ सालमा प्रदर्शनमा आएका चलचित्रहरु सफल मात्र भएनन् । नेपाली चलचित्र क्षेत्रको अहिलेसम्मकै रेकर्ड ब्रेक पनि भयो । दसैं र तिहारमा जती चलचित्र हलहरुमा प्रदर्शन भयो ति सबै बक्स अफिसमा सफल पनि भयो ।
अहिले नेपाली मेकरहरु चलचित्र निर्माण गर्न कम्मर कसेर लागि परेका छन् भने चलचित्र निर्माणको घोषणा पनि दिनकै जस्तो भइरहेको छ । त्यस्तै, अहिले छायांकनमा पनि चलचित्रको तात्ती नै लागेको छ भने छायांकनमा जाने तयारीमा पनि उस्तै छ ।
छायांकनमा रहेका दर्जनबढी चलचित्रहरुमा ‘बलिदान’, ‘होस्टेल ३’,‘लाज शरणम्’, ‘नरसिंहाः अवतार’, ‘डोरी’, ‘रिमै’, ‘जेरी अन टप’, ‘विमान’, ‘बसन्त’, ‘पिताम्बर’, ‘दुखी आत्मा’, ‘फेरि रेशम फिलिली’ र ‘जुनकिरी’ ‘श्री बुकुरो’ हुन् ।
निर्माता सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘बलिदान’को छायांकन लगभग अन्तिम चरणमा छ । एक्सन जनरामा निर्माण भएको यो चलचित्रमा समिर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।
‘होस्टल’ लाई निर्देशक सशान कँडेलले निर्देशन गरेका छन् । यो चलचित्रले होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोर-किशोरी र उनीहरूको भविष्यका घटनाहरूको कथा भन्छ । चलचित्रमा पारस र सिम्रनसहित रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटीलगायतका कलाकार मुख्य भूमिकामा छन् । चलचित्रमा आर्यन सिग्देल होस्टल वार्डेन र नायिका परीक्षा लिम्बू विशेष भूमिकामा छन् ।
चलचित्र ‘लाज शरणम्’लाई ‘सक्किगो नी’ टिमका कुमार कट्टेल उर्फ ‘जिग्री’ले निर्देशन गरेका छन् । कमेडी जनरामा निर्माण भएको यो चलचित्रको छायांकन अन्तिम चरणमा छ । चलचित्रमा सक्किगोनी सिरियलका सबै कलाकारहरुको अभिनय छ ।
निर्देशक दिवाकर भट्टराइले निर्देशन गरिरहेको चलचित्र ‘नरसिंहाः अवतार’को अहिले तिव्र गतिमा छायांकन चलेको छ । एक्सन जनराको यो चलचित्रमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिसा भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।
हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रण रहेको चलचित्र ‘डोरी’लाई अरूण लामाले निर्देशन गर्दैछन् । चलचित्रको अहिले छायांकन चलिरहेको छ । चलचित्रमा प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर बाङ्देल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, नूतन लगायत कलाकारको अभिनय रहेको छ ।
‘रिमै’ चलचित्रका निर्देशक खिलबहादुर गुरुङ हुन् । उनको निर्देशनमा यो चलचित्रको छायांकन अहिले गोरखामा भइरहेको छ । चलचित्रमा रिस्मा गुरुङ र दयाहाङ राई प्रमुख भूमिकामा छन् ।
अनमोल केसी र जसिता गुरुङको प्रमुख भूमिका रहेको चलचित्र ‘जेरी अन टप’को पनि धमाधम छायांकन चलिरहेको छ । सुयोग गुरुङको निर्देशनमा बनिरहेको चलचित्रमा आँचल शर्मा र केदार घिमिरेको पनि भूमिका छ । त्यस्तै, लोकेश बज्राचार्यको निर्देशनमा तयार भइरहेको चलचित्र ‘विमान’ र निर्देशक प्रकाश सपुतको निर्देशन रहेको चलचित्र ‘बसन्त’को छायांकन पनि अन्तिम चरणमा छ ।
त्यस्तै, निर्देशक कृषा चौलागाईको निर्देशन रहेको चलचित्र ‘पिताम्बर’को छायांकन सकिएर पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । यता, निर्देशक दीपेन्द्र लामा निर्देशित चलचित्र ‘दुखी आत्मा’को पनि धमाधम पोष्ट प्रोडक्सनको काम भइरहेको छ । चलचित्रमा दयाहाङ राइ र आँचल शर्मा प्रमुख भूमिकामा छन् ।
निर्देशक निरोज महर्जनको निर्देशन रहेको चलचित्र ‘फेरि रेशम फिलिली’को छायांकन केही दिन अगाडि मात्र सकिएको छ । चलचित्रमा सुपुष्पा भट्ट, विनय श्रेष्ठ, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको पनि अभिनय छ।
नायिका मिरुना मगरको प्रमुख भूमिका रहेको चलचित्र ‘जुनकिरी’को पनि भर्खरै छायांकन सकिएको छ । अर्जुन सुवेदीले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र मिरुना मगरसँगै अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको चलचित्र ‘श्री बुकुरो’को छायांकन भर्खरै सकिएको छ । यो चलचित्रको अहिले धमाधम पोष्ट प्रोडक्सनको काम भइरहेको छ । चलचित्रमा लक्ष्मी गिरी, आर्शीवाद क्षेत्री, निकिता आचार्य, प्रतिकराज न्यौपाने, रोशनी कार्की, राजन ईशान, दीपिका थापा, लय संग्रौला, रामबाबु रेग्मी, मोहन निरौला, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, रजिना विश्वकर्मा लगायतको भूमिका छ ।
यता, ‘हरिबहादुरको जुत्ता, कल्ली, माइतीघर, परालको आगो, सोल्टिनी, महाभोज, कर्मा’, पहाड’ लगायतका चलचित्रहरु छायांकनमा जाने तयारीमा छन् ।
यसरी हेर्दा आउँदो बर्ष २०८२ सालको बक्स अफिसमा चलचित्रहरुको निकै बक्लो लाइन देखिन्छ भने अझै दर्जनौं चलचित्रको घोषणा गर्ने तयारीमा निर्माताहरू लाइन कुरेर बसेका छन् ।