‘कार्साङ’को टिजरलाई सकारात्मक प्रतिक्रिया

२५ मंसिर २०८१ ११:१२

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘कार्साङ’को टिजरलाई सकारात्मक प्रतिक्रिया पाएको छ । चलचित्रको विषय, संकृतिको उठान र जिटरमा देखिएको सम्बन्ध र आम समुदायमा हुने व्यवाहारलाई दर्शकले मन पराइरहेको निर्देशक शेर्पाले बताएका छन् ।

निर्देशक शेर्पाका अनुसार चलचित्रमा जुन समुदायको संस्कृति देखाइएको थियो त्यसलाई दर्शकले मन पराएका छन् । ‘कमै मात्रै चलचित्रमा देखिएको शेर्पा समुदायको कथा हेर्न पाइने भयो भन्ने उत्सुकता देखिएको छ।’ शेर्पाले भने, ‘आम नेपाली गाउँले जीवनको कथा र परिवेश हेर्न पाइने भयो भन्ने उत्सुकता व्यक्तिगत रुपमा र सामाजिक सञ्जालमार्फत पनि आइरहेको छ ।’

सार्वजनिक टिजरमा ग्रामीण परिवेश र शेर्पा समुदायको कल्चरमा धामी बस्ने दयाहाङ राई र उनको गरिबीदेखि जितु नेपालका श्रीमान् श्रीमतीको सन्तान नहुँदाको तनावलाई प्रस्तुत गरिएको थियो । चलचित्रको कथा निर्देशक स्वयंले लेखेका हुन् ।

अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको चलचित्रमा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पा र बाल कलाकारमा राशी लिम्बु, सोहन थापा रहेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन तथा निर्माण रहेको यो चलचित्रमा सह–निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *