सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको चलचित्र ‘श्री बुकुरो’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । ५७ दिन लगाएर छायांकन गरिएको यो चलचित्रको फस्टलुक पोस्टर मंगलबार सार्वजनिक गरिएको हो ।
मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा लक्ष्मी गिरी, आर्शीवाद क्षेत्री, निकिता आचार्य, प्रतिकराज न्यौपाने, रोशनी कार्की, राजन ईशान, दीपिका थापा, लय संग्रौला, रामबाबु रेग्मी, मोहन निरौला, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, रजिना विश्वकर्मा लगायतको भूमिका छ ।
चलचित्रको अहिले धमाधम पोष्ट प्रोडक्सनको काम भइरहेको छ । निर्माणपक्षका अनुसार यही हप्ता चलचित्रको टिजर सार्वजनिक गरिनेछ । यो आर्शीवाद दोस्रो चलचित्र हो । उनको पहिलो डेब्यु चलचित्र ‘नाई नभन्नु ल ६’ हो ।
पारिवारिक कथामा निर्माण भएको यो चलचित्रमा रुवी सेन सिंहको लगानी, सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, रञ्जित गजमेर र बसन्त सापकोटाको संगीत छ ।