‘दुःखी आत्मा’मा श्रवण मुकारुङका १० कविता समावेश

२५ मंसिर २०८१ ७:११

आगामी फागुन २ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दुःखी आत्मा’मा श्रवण मुकारुङका १० वटा कविता समावेश गरिएको छ । यस अगाडि प्रदर्शन भएको चलचित्र ‘डिग्री माइला’मा पनि मुकारुङका केही कविता समावेश गरिएको थियो । भने अहिले यो चलचित्रमा पनि उनका कविता समावेश गरिएको छ ।

निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो चलचित्रमा मुकारुङका कवितालाई पटकथा अनुसार मिलाएर राखिएको लामाले बताए । लामाका अनुसार, चलचिका प्रमुख अभिनेता दयाहाङ राईमाथि मुकारुङका कविता प्रस्तुत छ ।

त्यस्तै, मुकारुङले फराकिला दर्शक समूहमाझ आफ्नो कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक रहेको भन्दै ‘दुःखी आत्मा’मा कविका रुपमा जोडीन पाएकोमा खुसी व्यक्त गरे ।

यो चलचित्रको यतिबेला यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको छ । चलचित्रमा निर्देशक लामाको कथा लेखन, हिमाल कडरियाको निर्माण, आलोक शुक्लाको छायांकन र सुदिप ढकाल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राई लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *