चलचित्र ‘जेरी अन टप’का निर्माता सरोज न्यौपानेले नयाँ चलचित्र ‘फन फनी घुमेर’को घोषणा गरेक छन् । उनले यो मंगलबार सामाजिक संजाल मार्फत यो चलचित्रको औपचारिक रुपमा घोषणा गरेका हुन् ।
चलचित्र निर्माणको घोषणा भएगँगै प्रदर्शन मिती पनि तय गरिएको छ । यो चलचित्र आगामी बर्षको दसैंमा रिलिज हुनेछ । तर, दसैंमा प्रदर्शन हुने भनिएपनी मिती भने तोकिएको छैन् ।
अनन्या फिल्मस्को प्रस्तुति रहने चलचित्रलाई भविष्य खड्का र सरोज न्यौपाने निर्माण गर्न लागेका हुन् । निर्माता सरोज हाल ‘जेरी अन टप’को छायांकनमा व्यस्त छन् ।
यो चलचित्रको लागि कलाकार, निर्देशक र प्राविधिक केही दिनमा तय गर्ने निर्माणपक्षले जनाएको छ ।