‘रङ्गेली’ निर्देशकको ‘सोल्टिनी’ घोषणा, मुख्य भूमिकामा प्रकाश र परीक्षा

२५ मंसिर २०८१ ५:३०

‘रङ्गेली’ चलचित्रका निर्देशक अर्जुन सुवेदीले नयाँ चलचित्र ‘सोल्टिनी’ घोषणा गरेका छन् । यो चलचित्र घोषणा गरेसँगै सोमबार परिचयात्मक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा चलचित्रका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत छन् ।

भिडियोमा कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले चलचित्रको भाव व्यक्त गरेको छ । वाचनमा उनले भनेका छन्, “मानिसबाट मानिसलाई हुने छि छि दुरदुर, अमानवता र जातीय भेदभाव मेटाउन कसैले त कलम अगाडि बढाउनै पर्छ, कि त पैताला जलाउनै पर्छ ।” यसबाट चलचित्रले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने सङ्केत गरेको छ ।

चलचित्रको प्रमुख भूमिकामा प्रकाश सपुत र परीक्षा लिम्बु प्रस्तुत छन् । चलचित्रको कथा भोजपुरको कुनै गाउँमा आधारित रहेको भिडियो जनाइएको छ । पृष्ठभूमिमा चलचित्रको थिम गीतले भावनात्मक स्पर्श थपेको छ ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रको आगामी पुस १५ गतेबाट छायांकन सुरु हुनेछ ।

२०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई प्रदर्शन घोषणा गरिएको यो चलचित्रको कलाकार र प्राविधिक टोलीको वर्कसप चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *