हाल पोष्ट प्रोडक्सनको काम भइरहेको चलचित्र ‘पिताम्बर’ फागुन २९ गते प्रदर्शन गरिने भएको छ । निर्माणपक्षका अनुसार यो चलचित्रलाई फागुनको २९ गते नै प्रदर्शन गर्न लागिएको हो । तर, चलचित्र प्रदर्शनको अफिसियल घोषणा भने अझै गरिएको छैन् ।
चलचित्रमा बलियो स्टारकास्टहरु प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, सुरक्षा पन्त, दिव्या रायमाझी, सुपुष्पा भट्ट, दिव्य देव लगायत छन् । निर्माणपक्षका अनुसार चलचित्रमा प्रदीप खड्काको बिशेष एक्सन छ ।
चलचित्रलाई कृषा चौलागाइले निर्देशन गरेकी छिन् । त्यसो त यो चलचित्रलाई कृषाले आफ्नो जीवनकै महत्वकांक्षी प्रोजेक्टको रुपमा लिएकी छिन् । चलचित्रको कथावस्तु बारे केही खुलाइएको भने छैन् ।
छायांकार पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा हिमाल केसीको एक्सन छ ।