आर्टमाण्डुको प्रोडक्सनमा सुजन चापागाईँको नयाँ गीत ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’ सार्वजनिक भएको छ । प्रेम, बिछोड, पछुतो र बिछोडपछिको पीडा प्रस्तुत गरिएको गीतले अधुरो प्रेमको वेदना र ब्रेकअपपछि मनमा उठ्ने भावनाहरूको गहिराइलाई सङ्गीत र अभिनयमार्फत प्रस्तुत गरेको छ ।
हर्क साउदको शब्द, सुजन चापागाईँ र विद्या तिवारीको स्वर, तथा सुजन चापागाईँकै सङ्गीत रहेको छ । सङ्गीत निर्माण, मिक्सिङ र मास्टरिङ कोविद बज्रले गरेका छन् । अभिषेक सुवेदीको लेखन तथा निर्देशन गरेको भिडियोमा साईग्रेस र माया लुना खान फिचर्ड छन् । अन्य कलाकारहरूमा शङ्कर पराजुली, सुधन पोखरेल र विजय नेपाल रहेका छन् ।
भिडियो सम्पादन र कलर ग्रेडिङ कृष्ण भण्डारीले गरेका हुन् भने छायांकन चिन्तन राजभण्डारीले गरेका हुन् । यस परियोजनाको सम्पूर्ण सुपरिवेक्षण नवीन चौहानले गरेका हुन् ।