चलचित्रलाई व्यापारको दृष्टिकोणबाट हेरियोभने धेरै कुरा परिवर्तन हुन्छ : प्रदीप खड्का

२३ मंसिर २०८१ १३:४५

नायक प्रदीप खड्काले चलचित्रलाई व्यापारको दृष्टिकोणबाट हेरियोभने धेरै कुरा परिवर्तन हुने बताएका छन् । उनले आइतबार ‘कर्णाली अन्तराष्ट्रिय महोत्सव’को बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

आयोजित कार्यक्रममा उनले नेपाली चलचित्र क्षेत्रलाई ‘किराना पसल’ सँग तुलना गर्दै ‘किराना पसल’ शैलीमा नेपाली चलचित्र चलेको बताउदै भने, ‘नेपाली चलचित्रलाई जुन दिन व्यापारको दृष्टिकोणबाट हेरिन्छ, त्यो दिन धेरै कुरा परिवर्तन हुन्छ । नेपालली चलचित्रमा अहिलेसम्म पारिवारिक व्यापार भइरहेको छ, किराना व्यापार जस्तो । १० बजेसम्म बुबा पसलमा बस्ने, आमा पूजापाठ गर्ने । १० बजेपछि बुबा खाना खाएर सुत्न जाने, आमा पसलमा बस्ने । स्कुलबाट फर्किएपछि बच्चा बच्ची पसलमा बस्ने । आमा खाना पकाउने जाने । यसरी किराना पसल स्टाइलमा नेपाली चलचित्र क्षेत्र चलेको छ ।’ उनले भने ।

नायक खड्काले भनेजस्तै पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा आफ्नै परिवारलाई लिएर चलचित्र निर्माण गर्ने ट्रेन नै चलेको छ । सोही कुरालाई व्यङ्ग्य गर्दै उनले ‘आमा निर्देशक, बुबा निर्माता, छोराछोरी नायक–नायिका ।’ भनेका थिए । यती भन्दैगर्दा प्रदीपको हाँसो थामिएन ।

त्यस्तै, नायक खड्काले नेपाली चलचित्रमा भइरहेको शोज बाँडफाँडको बिषयमा पनि कुरा उठाएका थिए । प्रदीपका अनुसार, शुक्रबार शनिबार नेपाली चलचित्रलाई ३०–३५ प्रतिशतको आरक्षण दिने हो सबै समस्याको हल हुने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *