नायिका अरुणिमा लम्साल र बिम्लेश अधिकारी अभिनित वेब सिरिज ‘घर बट् इन अमेरिका’को प्रचारात्मक गीत सार्वजनिक गरिएको छ । पहिलो सिजनको लागि तयार पारिएको गीत ‘अमेरिकामा घर छ’ सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा निशान भट्टराईको स्वर, अर्जुन कटुवालको सङ्गीत र डिपी खनाल र प्रज्ज्वल खनालको शब्द रहेको गीतले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई प्रस्तुत गर्दछ । गीतमा सिरिजका कलाकारहरु प्रस्तुत छन् ।
सिचुएशनल कमेडी-ड्रामा विधामा निर्माण भएको यो सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको जीवन कथालाई प्रस्तुत गर्छ । सिरिजमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ ।
बिम्लेसकै निर्देशन रहेको यो सिरिजमा अरुणिमा र बिमलेशसँगै राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा जस्ता कलाकारहरूको अभिनय छ ।
सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन् ।