निर्देशक शोभित बस्नेतले नयाँ चलचित्र ‘पीआर’ निर्देशन गरे भएका छन् । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई बस्नेतले निर्देशन गर्ने पक्का भएको हो ।
यो चलचित्र निर्माण घोषणा गरेसँगै आइबार चलचित्रको विशेष पोस्टर पनि सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टर आधा शरीर पुरुष र आधा शरीर महिलाको छ । पोस्टरले अष्ट्रेलिया जान लागेका महिला र पुरुषलाई प्रस्तुत गर्छ । त्यस्तै, सार्वजनिक पोष्टरमा हवाइजहाज, अष्ट्रेलिया र नेपालको झण्डा देख्न सकिन्छ ।
यो चलचित्रको हाल अष्ट्रेलियाका विभिन्न स्थानमा अडिसन भइरहेको छ। चलचित्रका कार्यकारी निर्माता प्रदीप दाहाल र गणेश केसी हुन् । सम्पूर्ण छायांकन अष्ट्रेलियामा नै हुने यो चलचित्रको लागि सम्पूर्ण कलाकार र प्राविधिक पनि अष्ट्रेलियाबाटै छनोट गरिने निर्माणपक्षले बताएको छ ।
आरएफएम फयासिलिटी म्यानेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नीको प्रस्तुति रहने यो चलचित्रको छायांकन आगामी बर्षबाट सुरु गरिने तयारीमा निर्माणपक्ष छ । चलचित्रमा मानसराजको संगीत, शोभित बस्नेतको कथा, गणेश वुढाथोकीको पटकथा तथा संवाद रहनेछ ।