चैत ८ मा ऋषिराजको ‘द्रौपदी’को प्रदर्शन घोषणा

२३ मंसिर २०८१ ४:२७

सामाजिक कथावस्तु निर्माण गरिएको चलचित्र ‘द्रौपदी’ले आफ्नो प्रदर्शन मिती घोषणा गरेको छ । यो चलचित्र अब आगामी चैत ८ गते देशब्यापी प्रदर्शनमा आउने भएको हो ।

निर्देशक ऋषिराज आचार्यको निर्माण तथा निर्देशन रहेको यो चलचित्रको वितरकसँगको सहमतिपछि प्रदर्शन मिति तय गरिएको निर्माणपक्षले जानकारी दियो ।

यो चलचित्र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा छायांकन गरिएको हो । आचार्यले यसअघि मिस्टेक, सपना तिम्रो मेरो, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, ड्रीम गर्ल र चुरीफुरी निर्देशन गरिसकेका छन् ।

आरबी मूभिजको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा रवि ओडको संगीत, मोहनकुमार झिल्लुको छायांकन, आचार्य र प्रकाश ज्ञवालीको निर्माण, विष्णु ठडराई र ऋतु आचार्य सहनिर्माता छन् । चलचित्रमा आचार्यकै पटकथा, संवाद र गीत छ ।

चलचित्रमा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *