‘पुर्ण बहादुरको सारङ्गी’लाई हलबाट उतार्ने सेभेन सिजको घोषणा

२३ मंसिर २०८१ ४:०३

सफलताका साथ प्रदर्शन भैरहेको चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’लाई सोमबारदेखि हलबाट उतार्ने सेभेन सिजले घोषणा गरेको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै निर्माण कम्पनी सेभेन सिजले सोमबारदेखि यो चलचित्रलाई हलबाट उतार्ने घोषणा गरेको हो ।

नेपाली चलचित्र क्षेत्रको इतिहासमै यो चलचित्रले सर्वाधिक ग्रस कलेक्शन गर्न सफल भएको थियो । ४८ करोड हाराहारीको ग्रस कलेक्शन गरेको यो चलचित्रलाई हिन्दी चलचित्र ‘पुष्पा २’ प्रदर्शन भएपछि सीमित शोजमा खुम्चाइएको थियो । जसका, कारण निर्माणपक्षले चलचित्रलाई हलबाट उतार्ने निर्णय लिएको हो ।

यो चलचित्रलाई प्रदर्शनको सुरुवाती दिन जस्तै अवस्थामा पुर्याइएको सेभेन सिजले सार्वजनिक गरेको विज्ञप्ती उल्लेख छ । विज्ञप्तीमा भनिएको छ,‘पुर्ण बहादुरको सारङ्गीलाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा पुग्न वाध्य भएका छौ । विशेषगरि, पछिल्लो समयावधिमा देखिएका चुनौतीहरू र हाम्रो चलचित्रलाई केही चलचित्र घरहरूबाट गरिँदै आएको नजरअन्दाज व्यवहारले यस निर्णयलाई अपरिहार्य बनाएको हो ।’

निर्माण कम्पनी सेभेन सिजले अब अर्को नयाँ चलचित्रमार्फत् हलमा भेट्ने वाचा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *