रोज राणाको निर्माणमा ‘खलनायक २’ निर्देशन गर्दै चन्द्र

२३ मंसिर २०८१ ४:०३

निर्देशक चन्द्र पन्तले नयाँ चलचित्र ‘खलनायक २’ निर्देशन गर्ने भएका छन् । निर्माता रोज राणाले निर्माण गर्न लागेको यो चलचित्रलाई निर्देशक पन्तले निर्देशन गर्ने पक्का भएको हो ।

निर्माता राणाले चलचित्र निर्देशनका लागि चन्द्रलाई शनिबार अनुबन्धित गरेका हुन् । आगामी माघ महिनाबाट छायांकन सुरु हुने यो चलचित्रको कथा मौनता श्रेष्ठले लेखिरहेका छन् ।

यो चलचित्रमा केही नयाँ र नाम चलेका पुराना पुस्ताका कलाकारहरू दोहोरिने निर्माणपक्षले जनाएको छ । चलचित्रमा दयाराम पाण्डेको गीत हुनेछ । त्यस्तै, ‘खलनायक’ चलचित्रमा राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती, झरना थापा लगायतका कलाकारहरु थिए ।

निर्देशक पन्तको निर्देशन रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ भर्खरै प्रदर्शन भएको थियो । जुन, बक्स अफिसमा सफल पनि भयो । त्यस्तै, निर्माता रोज राणा एक समयका चर्चित निर्माता हुन् भने लामो समयको बिश्रामपछि उनी फेरी चलचित्र निर्माणमा फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *