मेरो बिहेको खबरले म आफै चकित छु : पल शाह

२१ मंसिर २०८१ ७:५३

नायक पल शाह बेलाबखत चर्चामा रहिहन्छन् । पुर्व मेचीदेखी पश्चिम महाकालीसम्मका स्टेज कार्यक्रममा व्यस्त रहेका पल पुन: एकपटक चर्चामा छन् । यो पटकको चर्चा उनको बिहेलाई लिएर भएको हो ।

पलले माघ महिनामा बिहे गर्न लागेको खबर अहिले जताततै फैलियो । जसलेगर्दा, यो कुराको प्रष्टीकरण दिनुपरेको बाध्यता पल शाहलाई छ । र पल शाहले आफ्नो बिहेको कुरामा कुनै सत्यता नभएको बताएका छन् ।

शुक्रबार पलले सामाजिक संजालमा एक स्टाटस पोस्ट गर्दै यो कुरामा आफै चकित भएको बताउदै लेखेका छन्,‘मेरो बिहेको खबरले म आफै चकित छु । साथी भाइहरूले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु । तर, यहाँहरूलाई स्पष्ट होस् यो खबरमा कुनै सत्यता छैन ।’

चलचित्र ‘रावायण’ प्रदर्शन भएपछि निकै आलोचित र ट्रोलको सिकार भएका पल शाह अभिनित चलचित्र ‘मायावी’ प्रदर्शन तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *