आगामी माघ ५ गतेबाट चलचित्र ‘एक्टर’ प्रदर्शनमा आउने भएको छ । निर्माणपक्षका अनुसार यो चलचित्र अब माघ ५ गतेलाई प्रदर्शन तय गरिएको हो ।
मदन घिमिरे निर्देशित यो आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स विषयमा निर्माण भएको छ । चलचित्रमा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ ।
नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुतिमा सम्राट थापाको कथा तथा संगीत रहेको पत्रकार मनोहरि थापाले निर्माण गरेका हुन् । यो चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, युवराज राई र डम्बर राईको छायांकन रहेको छ ।