एञ्जिलालाई ‘अञ्जिला’ टिमको विशेष सम्मानसहित बिदाइ

२० मंसिर २०८१ ७:१०

निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’की नायिका तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बालाई चलचित्रको टिमले बिदाई गरेको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि एञ्जिलालाई बिदाइ गरिएको हो ।

उनलाई यो चलचित्रको टिम तथा निर्देशक चाम्सले विशेष सम्मानका साथ बिदाई गरेको हो । कार्यक्रममा प्रतिनिधी सभा सदस्य सुहाङ नेम्वाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ र फुटबल संघका अध्यक्ष विक्रम लामा लगायतको उपस्थिती थियो ।

त्यस्तै, यो चलचित्रको हङकङमा वल्र्ड प्रिमियर आयोजना हुने पनि जानाइएको छ । मंसिरको २३ गते हङकङमा आयोजना हुने उक्त प्रिमियरमा निर्देशक चाम्स र एञ्जिला सहभागी हुनेछन् । यो चलचित्रको निर्माता प्रेम कुमार श्रष्ठ हुन् ।

फागुनको २९ गतेबाट अल ओभर नेपाल प्रदर्शन हुने यो चलचित्रको हङकङ प्रिमियरपछि जनवरी १८ मा अष्ट्रेलिया, जनवरीको अन्त्यमा जापान र फ्रेबुअरी १५ मा यूके र मार्च २ मा कोरियामा गरिनेछ ।

कप्तान एञ्जिला सुब्बाको जीवन संघर्ष र सफलताको कथामा आधारित यो चलचित्रमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र वुद्दि तामाङको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *