गरिबी र निसन्तानपनले दिएको दुःखको कथा ‘कार्साङ’ टिजर

१९ मंसिर २०८१ ११:१३

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले बुधवार सार्वजनिक गरेको चलचित्रको टिजरमा गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती र दाम्पत्य जीवनको ठाकठुकलाई प्रस्तुत गरेको छ ।

टिजरले गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् त्यसको कथा ‘कार्साङ’ले भन्ने संकेत गरेको छ । सन्तान नजन्मिएपछि श्रीमान् श्रीमतीले एकअर्कालाई गर्ने दोषारोपण यो चलचित्रको कथा रहेको टिजर हेरेर अनुमान लगाउन सकिन्छ । निर्देशक शेर्पाको यो डेब्यु निर्देशन हो ।

पुस २६ गते पदर्शन हुने यो चलचित्र शेर्पा समुदायको संस्कृतिमा आधारित छ । चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको अलावा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पा, राशी लिम्बु, सोहन थापाको अभिनय छ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन र निर्माण छ । चलचित्रको सह-निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा र लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् ।

चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, हर्क साउद र डीपी खनालको शब्द रहेको गीतमा मनोज थापा मगर, एसडी योगी र बिशो डोङको संगीत, मनोज थापा मगर, एसडी योगी, रेश्मा पुन मगर, बिशो डोङ, सुनिता थेगिम, सुबानी मोक्तान, अस्मान लोप्चन, पाल्मु शेर्पाको आवाज रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *