नायक अनमोल केसीको प्रमुख भूमिका रहेको चलचित्र ‘जेरीः अन टप’को तोकिएको समय अर्थात फागुन २ गते प्रदर्शन नहुने भएको छ । अहिले यो चलचित्रको छायांकन काठमाडौंमा भइरहेको छ । निर्धारित समयमा चलचित्रको काम नसकिने भएकोले यो चलचित्र फागुन २ गतेबाट ब्याक हटेको हो ।
सुयोग गुरुङको निर्देशन रहेको यो चलचित्रको लद्दाक छायांकन गर्न अझै बाँकी नै छ । काठमाडौंको छायांकन भ्याएर निर्माणपक्ष सिदै लद्दाक प्रस्थान गर्नेछ । र लद्दाक छायांकन सकिएपछि निर्माणपक्षले नयाँ प्रदर्शन मिती घोषणा गर्ने जनाएको छ ।
यो चलचित्रलाई सरोज न्यौपाने निर्माण गरेका हुन् । चलचित्रमा अनमोल केसी, भुवन केसी, केदार घिमिरे, जसिता गुरुङ, आँचल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।