‘माइतीघर’मा उपासनाको जोडी बन्दै प्रकाश

१९ मंसिर २०८१ ६:३५

चलचित्र ‘माइतीघर’को मुख्य भूमिकाको लागि नायिका उपासना सिंह ठकुरीलाई निर्माणपक्षले मंगलबार मात्र फाइनल गरेको थियो । अब, यो चलचित्रमा नायक प्रकाश सपुत पनि जोडीएका छन् । उपासनाको जोडीको रुपमा प्रकाशलाई निर्माणले अनुबन्धित गर्ने तयारी गरेको हो ।

निर्माता रोहित अधिकारीको निर्माणमा तयार हुने यो चलचित्रका लागि प्रकाश सँग मौखिक सम्झौता भइसकेको छ भने लिखित संझौता गर्ने तयारी निर्माणपक्षको छ । चलचित्रमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ पनि रहने जनाइएको छ । तर, केदारसँग पनि कागजी सम्झौता भने अझै भएको छैन् ।

सामाजिक कथावस्तुमामा निर्माण हुने यो चलचित्रलाई २०८२ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष निर्माणपक्षको छ । आगामी चैत्र महिनामा छायांकन सुरु हुने यो चलचित्रलाई मिलन तामाङले निर्देशन गर्नेछन् । रामशरण पाठकको लेखन रहेको चलचित्रमा रविन शेरचन र धिरज तामाङको सयुक्त निर्माण रहनेछ । यो चलचित्रको कार्यकारी निर्मातामा चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ छन् ।

यो नाममा आजभन्दा ५८ बर्ष अगाडि नै चलचित्र निर्माण भइसकेको छ । यही नाममा चलचित्र निर्माण गर्न लागेका रोहितका अनुसार, पटका अली फरक कथा र पटकथा रहनेछ । यसअगाडि रोहितले निर्माण गरेको चलचित्र ‘गाजलु, छ माया छपक्कै र फर्की फर्की’ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *