किरणको ‘कल्ली’मा नाजिर र वर्षा अनुबन्धित

१८ मंसिर २०८१ १२:४३

किरण नेपालीले निर्माण गर्न लागेको चलचित्र ‘कल्ली’मा नाजिर हुसेन र वर्षा राउत अनुबन्धित भएका छन् । निर्माणपक्षले नाजिर र वर्षालाई यो चलचित्रमा अनुबन्धित गरेसँगै मंगलबार कागजी सम्झौता गरेको हो ।

रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण हुने यो चलचित्रमा नाजिर र वर्षा अनुबन्धित भएसँगै अबभने कलाकारहरुको लाइनअप पूरा भएको छ । चलचित्रमा सौगात मल्ल, अर्पण थापा, वुद्दि तामाङ, कमलमणी नेपाल र नायिका बेनिशा हमाल पहिले नै फाइनल भइसकेका छन् ।

लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहने चलचित्रमा यसअगाडि कलाकार उत्तम प्रधानको पनि प्रवेश भइसकेको छ भने चलचित्रमा माओत्से गुरुङ, रविन्द्र झा, विनोद न्यौपाने, रेअर राई लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

आगामी पौषको २० गतेबाट छायांकन सुरु हुने यो चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद, निसाल पौडेलको छायांकन, एसडी योगीको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । चलचित्रमा नाजिर र वर्षाको भूमिका बारे निर्माणपक्षले केही पनि खुलाएको भने छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *