निर्माता रोहित अधिकारीको नयाँ चलचित्र ‘माइतीघर’मा नायिका उपासना सिंह ठकुरीलाई फाइनल भएकी छिन् । उनलाई यो चलचित्रको मुख्य भूमिकाको लागि निर्माणपक्षले मंगलबार अनुबन्धित गरेको हो ।
बुझिएअनुसार यो चलचित्रमा नायिका उपासना सँगै कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ पनि रहने जनाइएको छ । तर, केदारसँग कागजी सम्झौता भने अझै भएको छैन् । सामाजिक कथावस्तुमामा निर्माण हुने यो चलचित्रलाई २०८२ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष निर्माणपक्षको छ ।
अबको केही महिनामा छायांकन सुरु हुने यो चलचित्रलाई मिलन तामाङले निर्देशन गर्नेछन् । रामशरण पाठकको लेखन रहेको चलचित्रमा रविन शेरचन र धिरज तामाङको सयुक्त निर्माण रहनेछ । यो चलचित्रको कार्यकारी निर्मातामा चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ छन् ।
यो नाममा आजभन्दा ५८ बर्ष अगाडि नै चलचित्र निर्माण भइसकेको छ । यही नाममा चलचित्र निर्माण गर्न लागेका रोहितका अनुसार, पटका अली फरक कथा र पटकथा रहनेछ । यसअगाडि रोहितले निर्माण गरेको चलचित्र ‘गाजलु, छ माया छपक्कै र फर्की फर्की’ हुन् ।