चलचित्र विकास बोर्डले सातै प्रदेशमा संचालनमा रहेका हलको सूची सार्वजनिक गरेको छ । सोमबार बोर्डले सार्वजनिक गरेको सूची अनुसार देसभर अहिले १६६ हलहरु संचालनमा छन् ।
जसमध्य, सबैभन्दा धेरै हल संख्या बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा ६७ वटा हल संचालनमा छन् भने कोशी प्रदेशमा ३१, मधेश प्रदेशमा २६, गण्डकीमा १४, लुम्बिनीमा २४, कर्णालीमा ३ र सुदुरपश्चिममा १ वटा हल संचालनमा रहेको पाइएको छ ।
विकास बोर्डले केही समयअगाडि उपत्यका बाहिरका केही हललाई लिएर चलचित्र संघ सँग आमनेसामने थियो । यस पृष्ठभूमिमा बोर्डले संचालनमा रहेका हलको सूची सार्वजनिक गरेर चलचित्र संघमाथि दबाब दिन खोजेको बुझिएको छ ।
चलचित्र विकास बोर्डले यसअघि मोफसलका २० हल नवीकरण नभएको र ती नवीकरण खारेज भएको हलहरुमा चलचित्र उपलब्ध नगराउन प्रमुख वितरण कम्पनीलाई निर्देशन गरिसकेको थियो ।