सुरुभयो ‘प्रेम गीता’को छायांकन

१८ मंसिर २०८१ ५:०५

राजेन्द्र बस्नेतको डेब्यू निर्देशन रहने चलचित्र ‘प्रेम गीता’ निर्माणको घोषणा गरेसँगै शुभसाइत सम्पन्न गरिएको छ । सोमबार चलचित्रको शुभसाइत सँगै काभ्रेको पाँचखालबाट छायांकन सुरु गरिएको हो ।

ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ, दीपक केसी, खुश्वु पाण्डे, माधव केसी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

साजिद खान प्रस्तुतकर्ता र अयाज अलि खान निर्माता रहेको चलचित्रको छायांकन काठमाडौं र काभ्रेमा गरिनेछ । निर्माणपक्षका अनुसार छायांकन तालिका २५ दिनको रहेको छ ।

चलचित्रमा मौनता श्रेष्ठको लेखन, रामेश्वर हुमागाँइको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *