बलियो स्टारकास्टको जम्बो टोलीलाई लिएर चलचित्र ‘महाभोज’ निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले सोमबार यो चलचित्रको अफिसियल घोषणा गरेको हो ।
हिमाल कडरियाले निर्माण गर्ने यो चलचित्रमा ‘महाभोज’ निर्माणको घोषणा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुप विक्रम शाही, वुद्दि तामाङ र कमलमणी नेपालको अभिनय रहनेछ ।
निर्देशक दिनेश राउतले निर्देशन गर्ने यो चलचित्रलाई कडरियाको क्लक वर्क क्रियशनले निर्माण गर्न लागेको हो । माघको १ गतेबाट छायांकन सुरु हुने यो चलचित्रले सर्वसाधारणको जीवन र भरोसामाथि खेलवाड गर्नेहरु विरुद्धको कथा पेश गर्नेछ ।