केदार घिमिरे ‘माग्ने बुढा’को लाइनअपमा चलचित्रको ताती

१७ मंसिर २०८१ ६:४२

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को व्यस्तता बढ्दो छ । उनको व्यस्तता सँगै अहिले नेपाली चलचित्रमा माग निकै छ ।

त्यस्तै, चलचित्रमा उनको माग र व्यस्तता सँगै उनको पारिश्रमिक पनि निकै चर्को छ । तर, पनि केदारलाई आफ्नो चलचित्रमा काम गराउन निर्माता कम्मर कसेरै लागिपरेको देखिन्छ ।

अहिले चलचित्र ‘जेरीः अन टप’को छायांकनमा व्यस्त रहेका केदारको पाइपलाइनमा निकै चलचित्र छन् । उनले केही समय अगाडि चलचित्र ‘कंगारु’ पनि साइन गरेका थिए ।

अहिले उनले ऋषि लामिछानेको निर्देशन तथा मुनाल घिमिरेले निर्माण गर्न लागेको नयाँ चलचित्र पनि साइन गरिसकेका छन् । त्यस्तै, उनले रोहित अधिकारीको निर्माणमा बन्न लागेको चलचित्र ‘माइतीघर’मा पनि काम गर्ने पक्का भएको छ ।

दीपक–दीपासँग वर्षमा एउटा मात्र चलचित्रमा काम गर्दै आएका केदार अबभने ब्याक टु ब्याक चलचित्र देखिदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *