एक समय चक्लेटी हिरोको उपनाम पाएका नायक आर्यन सिग्देल पुन: एकपटक नेपाली चलचित्र क्षेत्रमा जुर्मुराएका छन् । बिचमा उनी नेपाली चलचित्र क्षेत्रबाट निकै सुस्ताएका थिए । उनको हातमा खासै चलचित्र थिएन् ।
तर, उनको पछिल्लो चलचित्र ‘पुजार सार्की’ले बक्स अफिसमा राम्रो कमाइ गर्यो । यो चलचित्रले राम्रो कमाइ गरेसँगै आर्यनको दिन फर्किएको महशुश गरिएको छ । अहिले आर्यनको पाइपलाइनमा चलचित्रको कुनै कमी छैन् ।
बिचमा सुस्ताएका आर्यनको करिअर फर्किएपछि उनको माग सँगै महंगी पनि बढेको देखिन्छ । हामीलाई एक सुचनाले दिएको जानकारी अनुसार अहिले उनले एक चलचित्रमा काम गरेबापत २५ देखी ३० लाखसम्म डिमान्ड गर्ने गरेका छन् ।
उनले भर्खरै एक चलचित्रको २५ लाख डिमान्ड गरेको बुझिएको छ । तर, उनले चलचित्र भने साइन गरेका छैनन् । अहिले निर्देशक दिनेश राउतको क्याम्पमा रहेका आर्यनले चलचित्र ‘महाभोज’मा काम गर्ने निश्चित भइसकेको छ । उनले ‘के घर के डेरा २’को छायांकन भर्खरै सकाएका थिए ।
‘छक्का पन्जा ५’मा केमियो भूमिकामा देखिएका आर्यन ‘रंगेली’मा पनि केमियो भूमिकामा देखिएका थिए । तर, उनको केमियो भूमिकालाई दर्शकले निकै नै रुचाए । जसले, गर्दा उनको माग र महंगी बढ्दो छ ।