‘थारु नम्बर वान’मा अन्जु र बबीको रोमान्स

१६ मंसिर २०८१ ९:५६

गायक शिव जिएम र अनु चौधरीको आवाजमा ‘थारु नम्बर वान’ बोलको गीत रिलिज भएको छ। शनिबार नेपालगजंमा एक कार्यक्रमको आयोजना गर्दै थारु बोलको यो गीत सार्वजनिक गरिएको हो ।

सेबिल इन्टरटेनमेन्ट युटुव च्यानलमा रिलिज गरिएको गीत गज्जब बनेको छ । यो गीतको भिडियोमा अन्जु खुश्मी र बबी कुमार थारुको रोमान्स देख्न सकिन्छ । भिडियो हेर्दा आँखालाई शितलता प्रदान गर्छ ।

नवराज सुवेदीको निर्देशन तथा कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई देवी राम घर्ति र सशीकला घर्तिले सयुक्त निर्माण गरेका हुन् । निर्देशक सुवेदीले यसअगाडि थुप्रै भिडियो निर्देशन गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *