समीर र अन्नुको ‘साली हो भाटु हो’

१६ मंसिर २०८१ ६:२७

गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो ।

गायक आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत उत्पादन छ । यसमा नेपाली र थारू भाषाको मिश्रण छ । भिडियोमा पनि थारू समुदायको रहन सहन र कला संस्कृतिलाई समेत झल्काउन खोजिएको छ । चक्र बम, उषा उप्रेती र सृजन खरेल भिडियोमा फिचर्ड छन् ।

जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशन, नवराज उप्रेतीको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *