२६ दिनमा सकियो ‘रंगी’को छायांकन

१६ मंसिर २०८१ ५:४९

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘रंगी’को छायांकन सकिएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो चलचित्रको सम्पूर्ण छायांकन २६ दिनमा सकिएको निर्माणपक्षले जनाएको हो ।

३० दिनको समय तालिका लिएर छायांकनमा गएको यो चलचित्र निर्धारित समयभन्दा ४ दिनअघि नै सम्पन्न भएको निर्माणपक्षले जनाएको छ । चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ ।

यो चलचित्रलाई सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । उनको यो ‘डेब्यू’ निर्देशन हो । न्यौपानेसँग चलचित्र ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका चलचित्रमा मुख्य सहायक निर्देशनको अनुभव छ ।

सक्षम सुवेदीको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *