‘बाटो: रोड टु डेथ’ एमाजन प्राइम भिडियो

१४ मंसिर २०८१ ९:३४

गत जेठ ३२ गते रिलिज भएको चलचित्र ‘बाटो: रोड टु डेथ’लाई विश्वका प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध गराएको छ । ‘एमाजन प्राइम भिडियो,’ ‘ट्युबी,’ र ‘बुक माई शो स्ट्रिम’ मा स्ट्रिमिङ सुरु भएको हो ।

‘एमाजन प्राइम भिडियो’मा युरोप र अमेरिकाका दर्शकहरूको लागि उपलब्ध छ भने निःशुल्क स्ट्रिमिङ सेवा प्रदान गर्ने ‘ट्युबी’मा पनि युरोप र अमेरिकामा यो चलचित्र स्ट्रिमिङ भइरहेको छ । त्यस्तै, दक्षिण एसियामा लोकप्रिय प्लेटफर्म ‘बुक माई शो स्ट्रिम’बाट भारतमा नेपाली भाषामा अङ्ग्रेजी सबटाइटल सहित स्ट्रिमिङ भइरहेको छ ।

यो चलचित्रमा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय लगायतको अभिनय रहेको छ ।

साथै, ‘फ्युचर टिभी’ लगायतका अन्य ओटिटीहरुमा विश्वव्यापी दर्शकहरूको लागि चाँडै यो प्लेटफर्ममा चलचित्र उपलब्ध हुने ‘बाटो: रोड टु डेथ’का निर्माता तथा काठमाडौं फिल्मसमा सञ्चालक चन्दन झाले बताए ।

यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजान माउन्टेन रिभर फिल्म्सले प्रतिनिधि भूमिका निभाएको निर्माता झाले बताए । काठमाडौं फिल्म्सले निकट भविष्यमा लगातार नेपाली चलचित्रहरू बनाउने र विश्वव्यापी वितरण योजनाहरूमा काम गरिरहेको उनले बताए ।

काठमाडौं फिल्मसको ब्यानरमा चन्दन झाले निर्माण गरेको ‘बाटो: रोड टु डेथ’का निर्देशक, लेखक तथा सम्पादक मदन थापा हुन् । दक्षिण भारतीय चलचित्र उद्योगको अनुभवलाई लिएर नेपाली चलचित्र बनाएका मदनले यस चलचित्रमा अब्बल काम देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *