सोनु निगमले ‘उकाली ओराली’ गाउदै भने ‘म नेपाल आउन आतुर छु’

१४ मंसिर २०८१ ९:२४

चर्चित गायक सोनु निगमले आफू नेपाल आउन आतुर रहेको बताएका हुन् । उनले शुक्रबार ‘उकाली ओराल गर्दै’ गीत गाएको ए भिडियो सेयर गर्दै आफू नेपाल आएर यो गीत गाउँने जनाएका हुन् ।

आगामी डिसेम्बर महिनाको २५ तारिखमा हायात होटलको ग्राउन्डमा आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कार्यक्रमका लागि आफू नेपाल आएर नेपाली दर्शकलाई पूर्ण रुपमा मनोरंजन गराउने जनाए । साथै, उनले आफू नेपालीहरूसँग भेट्न निकै नै आतुर रहेको पनि बताएका छन् ।

नेपाली टचको आयोजनामा नेपाल आउन लागेका सोनु निगमले भिडियोमा भनेका छन्,‘कस्तो छ ? मेरो प्यारा नेपाली साथीहरू । म तपाइहरुसँग राम्रोसँग भेट्न् पाएको छैन । यसैले, डिसेम्बर २५ मा तपाइहरुसँग भेट्न् आउँदैछु । टिकट पनि उपलब्ध भइसकेको छ । धेरै माया छ ।’

विगत १५ वर्षदेखि अस्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेको नेपाली टचले नेपालमा भने पहिलो पटक सांगीतिक कार्यक्रम गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *