शुक्रबारबाट वुटवलमा २२२ सिट क्षमता भएको नयाँ हल ‘फ्रेन्ड्स सिनेमाज्’ खुलेको छ । धरानको चर्चित फ्रेन्ड्ज सिनेमाजको फ्रेन्चाइजको रुपमा यो हल शुक्रबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो ।
१५० रुपैयाँ टिकटदर राखिएको यो हललाई आशिष तामाङ, प्रदिप धामी र पुष्कर घिमिरेले वुटवलमा संचालनमा ल्याएका हुन् । आफूहरुले नयाँ व्यवस्थापन, अत्याधुनिक प्रविधि तथा दर्शकलाई विविध सेवासुविधा र सहुलियत दिएर यो हल संचालनमा ल्याएको उनीहरुको भनाई छ ।
दैनिक ६ शोसम्म चलाउन मिल्ने भ्यूज सिनेमाज् अब फ्रेन्ड्स सिनेमाज्को रुपमा संचालनमा आएको हो । चलचित्र वितरण समेत गर्दै आएको यो टिमले बिहानी शो, मंगलबार र बुधबार भने टिकटदर अझ सस्तो हुने बताए ।