भारतीय कमेडियन सुनिल ग्रोवर काठमाडौंमा

१४ मंसिर २०८१ ६:१९

भारतीय कमेडियन सुनिल ग्रोवर यतिबेला काठमाडौंमा छन् । आज बेलुका नयाँ बानेश्वरको एभरेस्ट होटलको मैदानमा ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ नामक कार्यक्रमको लागि उनी विहिबार काठमाडौं आएका हुन् ।

‘द कपिल शर्मा शो’बाट एकाएक चर्चामा आएका सुनिललाई लिक्विड इन्टिलिजेन्सले नेपाल ल्याएका हुन् । त्यस्तै, आजको कार्यक्रममा सुनिल सँगै नेपालअको चर्चित ब्यान्ड कुटुम्बको पनि प्रस्तुती रहनेछ ।

कार्यक्रममा सुनिलले आफ्ना चर्चित हास्य प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । हाल उनी नेटफ्लिक्समा स्ट्रिमिङ हुँदै आएको ‘द ग्रेट इण्डियन कपिल शो’मा देखिंदै आएका छन् ।

यसअगाडि सुनिल २०७४ सालमा नेपाल आएका थिए । यो उनको दोस्रो नेपाल बसाइ हुनेछ । यसपटकको नेपाल बसाइ अझ खास र बिशेष हुने उनी बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *