भोलि शुक्रबारबाट ‘एमएसएम भिडियो’मा ‘खुस्मा’

१३ मंसिर २०८१ ९:१७

गत असोज ३ गते रिलिज भएको चलचित्र ‘खुस्मा’ भोलि शुक्रबारबाट ‘एमएसएम भिडियो’ नामक नयाँ नेपाली ओटीटी प्लेटफर्ममा प्रदर्शन हुने भएको छ । अशोक थापा निर्देशित यो चलचित्र प्रदर्शनको २ महिनापछि ओटीटी प्लेटफर्ममा प्रदर्शन गर्न लागिएको हो ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय संयोग सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय छ ।

मगर समुदायमा आधारित रहेर निर्माण गरिएको यो चलचित्रको निर्मातामा वीरबहादुर लामा, चन्द्र भट्टचन, बेतान मगर र मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् ।

चलचित्रमा दीपक बज्राचार्यको छायांकन, एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *