बुधबार चलचित्र विकास बोर्डले यस बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को आयोजना गरेको थियो । १० विधामा पुरस्कार प्रदान गरिएको यो कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट घोषित भइन् ।
राष्ट्रपति भवन शित्तल निवासमा आयोजित कार्यक्रममा स्वस्तिमा खड्का राष्ट्रीयता झल्काउने पहिरनमा पुगेकी थिइन् । स्वस्तिमाले लगाएको सेतो साडिमा रातो लालिगुराशको फूल थियो भने उनले सिउदोमा सिन्दुर लगाएकी थिइन् । जसले गर्दा सबैको ध्यान उनिमा केन्द्रित हुन पुग्यो ।
स्वस्तिमाले लगाएको उक्त पहिरनमा राष्ट्रीयता झल्किएको थियो । राष्ट्रीयता झल्काउने सिम्पल र साधारणा पहिरनमा उनलाई निकै राम्री पनि देखिएको थियो । हरेक ठाउँमा आफूलाई फरक तरिकाले प्रस्तुत गर्ने स्वस्तिमाले यसपटक पनि आफूलाई फरक तरिकाले प्रस्तुत गरेकी छिन् ।
कुन कार्यक्रममा पुग्दा कस्तो पहिरन लगाउने र कसरी जानुपर्छ भन्ने कुराको राम्रो ज्ञान भएकी अभिनेत्रिको रुपमा स्वस्तिमालाई लिन सकिन्छ । चलचित्रको कार्यक्रम होस् या अन्य उनले आफूलाई सधैं फरक नै राख्ने गर्छिन् ।