‘राष्ट्रिय चलचित्र पुरस्कार’: उत्कृष्ट अभिनेता विपिन हुँदा स्वस्तिमा उत्कृष्ट अभिनेत्री

१२ मंसिर २०८१ १३:४३

यस बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ सम्पन्न भएको छ । बुधबार चलचित्र विकास बोर्डले वि.सं २०८० मा रिलिज भएका चलचित्रहरुलाई विभिन्न विधामा पुरस्कार प्रदान गरेको हो ।

राष्ट्रपति भवन शित्तल निवासमा आयोजित कार्यक्रममा १० विधामा पुरस्कार प्रदान गरिएको हो । जसममध्य अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट घोषित भए ।

आयोजित कार्यक्रममा विपिन कार्कीले ‘प्रसाद २’ र स्वस्तिमाले ‘दिमाग खराब’बाट पुरस्कार हात पारिन्। यता, ‘बुलाकी’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र घोषित हुँदा ‘दिमाग खराब’बाट निश्चल बस्नेतले उत्कृष्ट निर्देशकको पुरस्कार हात पारे ।

राष्ट्रपति रामचन्द्र पौडेलले उत्कृष्ट घोषित चलचित्रकर्मीहरुलाई पुरस्कार प्रदान गरे । त्यस्तै, ‘बुलाकी’बाट राजबहादुर साने उत्कृष्ट लेखक, उत्कृष्ट छायांकन ‘बुलाकी’बाटै शिव ढकाल, उत्कृष्ट सम्पादन ‘महाजात्रा’बाट मित्र डी गुरुङ ठहरिए ।

समारोहमा नायिका चैत्यदेवीलाई ‘दिर्घ साधना सम्मान’को पुरस्कार स्वरुप नगद ३ लाख ७५ हजार, ताम्रपत्र, दोसल्लासहित सम्मान गरिएको थियो ।

त्यस्तै, बोर्डले ‘विशेष फिल्म’को पुरस्कार सतीदेवी, मर्कली र सुवुलाई प्रदान गर्यो भने आदिवासी, जनजाती तथा मातृभाषी चलचित्रतर्फ ‘लोजीमा’ उत्कृष्ट भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *