‘जेरीः अन टप’ अनमोलका लागि चुनौतीपूर्ण

१२ मंसिर २०८१ ६:४७

नायक अनमोल केसीको प्रमुख भूमिका रहेको चलचित्र ‘जेरीः अन टप’को अहिले लुक्लाको छायांकन सकिएको छ । महंगो बजेटमा निर्माण गरिएको यो चलचित्रलाई लिएर दर्शकमाझ ब्यग्र प्रतिक्षा पनि छ । यो चलचित्र प्रतिक्षित हुनुमा यस्का स्टारकास्ट केदार घिमिरे, जसिता गुरुङ र आँचल शर्मा नै हुन् ।

चलचित्रको लुक्ला छायांकन सकिएसँगै निर्माणटिम काठमाडौं फर्किएर छायांकन गर्ने तयारीमा छ । यो चलचित्रलाई लिएर नायक अनमोल केसी निकै उत्साहित देखिएका छन् । यस चलचित्र मार्फत अनमोलले फेरी एकपटक आफुलाई प्रमाणीत गर्नुपर्ने देखिएको छ । नेपाली चलचित्र क्षेत्रमा अहिले नयाँ नायकको आगमन सँगै अनमोलको लागि यो चलचित्र चुनौतीपूर्ण मानिएको हो ।

किनकी नेपाली चलचित्रले अहिले उच्च हाइप क्रेट गरेर दर्शकलाई हलसम्म तानेको छ । यस्तो अवस्थामा अनमोलको यो चलचित्रले पनि दर्शकलाई हलसम्म डोर्‍याएर आकर्षक कमाई गर्न आवश्यक देखिन्छ ।

सुयोग गुरुङको निर्देशनमा सरोज न्यौपानेले निर्माण गरिरहेको यो चलचित्र आगामी फागुनको २ गतेबाट प्रदर्शनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *