पुस २६ गते पदर्शन हुने चलचित्र ‘कार्साङ’ले प्रचारप्रसारलाई तिव्रता दिएको छ । चलचित्रको प्रदर्शन मिती नजिकिद गर्दा निर्माणपक्षले पोस्टर र क्यारेक्टर तस्बिरमार्फत पब्लिसिटी सुरु गरेको हो ।
चलचित्र निर्माणपक्षले सुरुमा दयाहाङ राई फिचर्ड पोस्टर आउट गरेको थियोभने अहिले जितु फिचर्ड पोस्टर सार्वजनिक गरेको छ । केही दिन अगाडि मात्रै निर्माणपक्षले जितु र दीया मास्के फिचर्ड पोस्टर सार्वजनिक गरेको थियो ।
निर्माणपक्षले लगातार जितु नेपाल फिचर्ड पोस्टर किन सार्वजनिक गरिरहेको छ ? यो चलचित्रको मुख्य कलाकार दयाहाङ राई हुन् भने किन लगातार जितुका पोस्टर सार्वजनिक गरिरहेको छ ?
यही निर्माणपक्षले लगातार जितु फिचर्ड पोस्टर सार्वजनिक गर्नुले कतै ‘कार्साङ’मा दयाहाङ राई मुख्य भूमिकामा नभएर जितु नेपाल त छैनन् भन्ने शंका उब्जाएको छ । यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्र शेर्पा समुदायको संस्कृतिमा आधारित छ ।
यो चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रका छायांकार र निर्माता पुरुषोत्तम प्रधान हुन् । त्यस्तै सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।