‘एक्टिङ स्टार’का विजेतालाई चलचित्रमा काम गर्ने मौका

११ मंसिर २०८१ ६:४१

निर्माण कम्पनी महक मिडिया नेटवर्कले ‘एक्टिङ स्टार’का विजेताले चलचित्रमा काम गर्न पाउने बताएको छ । यस रियालिटी शोको केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो। डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएका छन् ।

निर्माणपक्षका अनुसार डिजिटल अडिसनबाट सेलेक्सनमा पर्न सफल व्यक्तिहरुलाई उनिहरुकै गाउँ ठाउँमा पुगेर सहभागिताको प्रमाण पत्र प्रदान गरिने छ । कार्यक्रममा सहभागी हुनको लागी डिजिटल अडिसन मार्फत बाल कलाकार, युवा कलाकारको साथ साथै बृद्दहरुले समेत रुची देखाएका छन् ।

अभिनय रियालिटी शोमा भाग लिन इच्छुकले दुई मिनेटसम्मको प्रस्तुति भिडियो मङ्सिर ३० गतेभित्रमा पठाउन सक्ने निर्माता कम्पनी महक मिडिया नेटवर्क प्रालिले जनाएको छ । फिजिकल अडिसन मार्फत २४ जना सेलेक्ट गरेर प्रतियोगिता सुरु गरिने छ।

डिजिटल अडिसनको भिडियो इमेल तथा ह्वाट्सएप तथा भाइबर नम्बर ९७६७९८३३१० मा पठाउन सकिने जनाइएको छ । गायन, नृत्य र कमेडीका रियालिटी शोहरुलाई दर्शकले रुचाइरहेका बेला ‘एक्टिङ स्टार’ पनि आउन लागेको हो ।

‘एक्टिङ स्टार’ को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ। ‘एक्टिङ स्टार’ को विजेताले नगद पुरस्कार राशी सहित फिचर चलचित्रमा काम गर्ने अवसर पाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *