वैशाख २६ मा विपिन र मिरुनाको ‘ऊनको स्वीटर’

१० मंसिर २०८१ १३:१७

आर्टमाण्डुले निर्माण गरेको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन मिती घोषणा गरिएको छ । निर्माणपक्षले सोमबार चलचित्रको सिफियल पोस्टर सार्वजनिक गर्दै आगामी वैशाख २६ गते प्रदर्शन घोषणा गरेको हो ।

नायक विपिन कार्की र नायिका मिरुना मगरको प्रमुख भूमिका रहेको यो चलचित्रको सार्वजनिक पोस्टरमा विपिनले डोको बोकेका छन् भने उनको हातमा डायरी देख्न सकिन्छ । त्यस्तै, पछ्यौरी ओढेकी मिरूना मन्द मुस्कानमा देखिएकी छन्। त्यसको तलपट्टी विपिन र मिरूनालाई फोटो खिच्नका लागि पोज दिइरहेको देख्न सकिन्छ ।

यो चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका हुन्। चलचित्रमा विपिन र मिरूनाका साथमा सुनील पोखरेल, माओत्से गुरूङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदादेवी सिलवाल, रत्न सुब्बा, मेनुका प्रधान लगायत कलाकारको अभिनय छ।

चलचित्रको लेखन पनि निर्देशक चौहानले गरेका हुन्। चलचित्रमा सुजन चापागाईंको संगीत निर्देशन, कोबिद बज्रको ब्याकग्राउण्ड म्युजिक छ। गीत रचना हर्क साउद र युवराज काफ्लेले गरेका छन्।

यो चलचित्रको एसोसिएट निर्मातामा केन्द्र मोसन पिक्चर्स छ भने सह–निर्मातामा साहाङ चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने छन्। कार्यकारी निर्माता सागर बुढाथोकी र मिलन खत्री छन्। यो चलचित्रको सम्पूर्ण छायांकन पाँचथरमा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *