थुप्रै चलचित्रहरुमा एकसाथ जोडीको रुपमा देखिदै आएका नायक विपिन कार्की र नायिका वर्षा राउतले ‘पहाड’मा पनि जोडीको रुपमा काम गर्ने भएका छन् । यो चलचित्रको लागि निर्देशक तुलसी घिमिरेले यसअगाडि विपिन कार्कीलाई अनुबन्धित गरिसकेका छन् । त्यस्तै, यो चलचित्रमा विपिनको जोडीको रुपमा वर्षा रहने जनाइएको छ ।
घिमिरेका अनुसार वर्षा सँग चलचित्रको लागि फाइनल कुराकानी भइसकेको र अब लिखित सम्झौता गर्न मात्रा बाँकी रहेको बताए । आगामी माघ पहिलो साताबाट छायांकन सुरु हुने यो चलचित्रको लागि वर्षाले काम गर्ने सहमति भने जनाइसकेकी छिन् ।
निर्देशक तुलसी घिमेरे ७ वर्षपछि निर्देशनमा डेब्यु गर्दैछन् । करिब ७ वर्ष अगाडि ‘दर्पण छाया २’ निर्देशन गरेका घिमिरेले ‘पहाड’ मार्फत निर्देशनमा कमब्याक गर्न लागेका हुन् । यो चलचित्रका लागि मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री लगायत अनुबन्धित भइसकेक छन् ।
यो चलचित्रको प्रमुख भूमिका मध्यको एक भूमिकाको लागि हरिवंश आचार्य सँग पनि कुराकानी भएको निर्देशक घिमिरेले बताए । त्यस्तै, अन्य कलाकार छनौटको क्रममा छन् ।
आगामी नयाँ वर्षमा रिलिज हुने यो चलचित्र पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा निर्माण हुनेछ।